लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखद्वारा शपथ


४ माघ २०७९, बुधबार
lumbini 2

रुपन्देही । लुम्बिनी प्रदेशका नव नियुक्त सभामुख तुलाराम घर्ती र उपसभामुख मञ्जु खाण केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सभामुख घर्तीलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् भने उपसभामुख खाणलाई सभामुख घर्तीले शपथ गराएका हुन् । शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घर्तीले अघिल्लो प्रदेशसभाले बसाएको जग बलियो बनाउने गरी काम गर्ने बताए । उनले प्रदेश सभाका ८७ सदस्यको अविभाकत्वको समेत जिम्मेवारी पूरा गर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७