उपसभामुखमा रास्वपाकी इन्दिरा रानाको उम्मेदवारी दर्ता


६ माघ २०७९, शुक्रबार
Sovita1 20230120132644

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरको उम्मेदवारी दर्ता भएको छ ।
रास्वपाको आज (शुक्रबार) बिहान बसेको संसदीय दलको बैठकले रानामगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार प्रतिनिधि सभामा शोभिता गौतमको प्रस्ताव र एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देनको समर्थनमा रानामगर उपसभामुखको उम्मेदवारी दर्ता गरिएको हो ।
सत्ता साझेदार दलको तर्फबाट रानामगर उपसभामुखको उम्मेदवार भएपछि नेपाली कांग्रेसले मुक्ता यादवलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

उम्मेदवारको नामावली पनि शुक्रबार साँझ प्रकाशित गरिने छ । मतदान शनिबारको प्रतिनिधि सभा बैठकमा हुनेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ । सभामुखमा गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७