त्रिभुवन विमानस्थलमा मलिन्डो एयरको जहाज दुर्घटनाग्रस्त, १२ बजेबाट अन्तर्राष्ट्रिय उडान (तस्विरसहित)
काठमाडौं, ७ बैसाख : काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उडान भर्न लागेको मलिन्डो एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलमा दुर्घटनाग्रस्त भएको छ ।
बिहीबार राति १०ः०७ बजे त्रिभुवन विभानस्थलमा चिप्लियर दुर्घटनाग्रस्त हुन पुगेको जहाजलाई पार्किङ स्थलमा लैजाने तयारी भइरहेको छ ।
दुर्घनाग्रस्त जहाज नहटाउँदासम्म उडान र अवतरणमा कठिनाइ भएको थियाे । रनवेबाट चिप्लिएको मालिन्दो एयरको जहाज तानेर रनवेमा ल्याइएको छ।
त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले अबको १५/२० मिनेटमा अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने बताए। केहीबेरअघि डोमेस्टिक उडान शुरु गरिए पनि हिजोबाट अन्तर्राष्ट्रिय उडाउन बन्द थियो।