नवलपरासीमा भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना, ४० जना घाइते


७ माघ २०७९, शनिबार
accident 1

नवलपरासी । पश्चिम नवलपरासीमा भारतीय तीर्थयात्रु बोकेको बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन् ।
त्रिवेणीधाममा स्नान गरि फर्कने क्रममा युपी १६ एफटी ७४६६ नम्बरको भारतीय बस दुर्घटना पाल्हीनन्दन गाउँपालिका–१ रमपुरवामा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

बसमा ६१ जना सवार थिए । घाइतेहरुको परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७