प्रभु साहको प्रश्न : उपप्रधानमन्त्रीको झुण्डले देशमा सुशासन ल्याउँछ ?


७ माघ २०७९, शनिबार
Prabhu shah

काठमाडौं । सांसद प्रभु साहले उपप्रधानमन्त्रीको झुण्डले देशमा सुशासन नल्याउने दावी गरेका छन् । आज (शनिबार) को प्रतिनिधिसभा वैठकमा बोल्दै सांसद् साहले पदले समाज परिवर्तन नहुने बताएका छन् ।

साहले भने, ‘आवश्यकताका आधारमा पद सिर्जना गरिरहेका छौं । भागबण्डाले देशलाई समृद्धिमा लैजान्छ । अहिले बनेका उप यति जरुरी थियो नेपालमा । उपप्रधानमन्त्रीको झुण्डले के देशमा सुशासन ल्याउँछ ? के नेपाली जनतालाई उत्साहित गर्छ ।’

सदाचारका कुरा मात्रै गर्न नहुने बताउँदै उनले भने, ‘उपप्रधानमन्त्री के का लागि बनाइएको हो ? सदाचारका कुरा गर्ने । पदको सृष्टि गरेर देश समृद्ध हुँदैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७