बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?


९ माघ २०७९, सोमबार
Gold 2

काठमाडौँ । नेपाल बजारमा आज हप्ताको दोस्रो दिन (सोमबार) सुनचाँदीको भाउ उकालो लागेको । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४ हजार ८०० रुपैयाँ छ ।

हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४ हजार ५०० रुपैयाँ थियो । गत साताको शुक्रबारको तुलनामा घटेको सुनको मूल्य फेरि उकालो लागेको हो । यसअघि गत वर्ष सुनको मूल्यले ऐतिहासिक कीर्तिमान बनाएको थियो । उक्त मितिमा सुनको मूल्य तोलामा १ लाख ५ हजार ५०० रुपैयाँ कायम थियो ।

यस्तै, चाँदीको मूल्य समेत तोलामा ५ रुपैयाँले बढेको छ । हिजो आइतबार तोलामा १३ सय ७५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १३ सय ८० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७