सन्दीपको मुद्दामा आज सुनुवाइ नहुने, पीडितका वकिलले सारे पेसी


९ माघ २०७९, सोमबार
sandeep lamichhane T4beIm2Z5F

काठमाडौँ । नेपालका पूर्व क्रिकेट कप्तान सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा आज (सोमबार) सुनुवाइ नहुने भएको छ । अन्तिम सुनुवाइका लागि जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा पेसी तोकिएको थियो ।

तर जाहेरवाला किशोरीका वकिलले पेसी सार्न निवेदन दिएसँग सुनुवाइ रोकिएको हो । वरिष्ठ अधिवक्ता सुनिता रेग्मीले आजको पेसी स्थगित गर्न अदालतमा निवेदन दिएकी हुन् । न्यायाधीश दाहालको इजलासमा मुद्दा छैटौँ नम्बरमा पेसी तोकिएको थियो ।
आजको इजलासमा ७ वटा मुद्दा तोकिएको छ । पालो आए आजै फैसला हुने सम्भावना समेत थियो ।

जिल्ला अदालत काठमाडौंले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । जिल्लाको आदेश बदर गर्दै उच्च अदालतले सन्दीपलाई २० लाख नगद धरौटीमा रिहा गर्न आदेश दिएको छ । उच्चको आदेशसँगै ९९ दिनपछि उनी थुनामुक्त भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७