पार्टी एकताका लागि माओवादी–नेकपा एसबीच वार्ता हुँदै

एमाले विनाको ‘वाम एकता’ प्रति अध्यक्ष ओलीको चासो


१० माघ २०७९, मंगलवार
mao samajbadi

काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच पार्टी एकताका लागि आज (मंगलबार) वार्ता हुने भएको छ । एकता प्रक्रियालाई अघि बढाउन दुई पार्टीको वार्ता टोली छलफलमा बस्न लागेका हुन् । दुई पार्टीबीच एकता गर्न बनेको वार्ता टोेलीमा माओवादी केन्द्रका तर्फबाट संयोजक कृष्णबहादुर महरासहितका नेता छन् भने नेसपाका तर्फबाट गंगानारायण श्रेष्ठसहितको नेता छन् ।

टोलीको बैठक मंगलबार दिउँसो २ बजे बस्ने तय भएको नेसपा वार्ता टोलीका संयोजक गंगानारायण श्रेष्ठले जानकारी दिएका छन् । उनले दुबै पार्टीका नेताहरुलाई सहज ठाउँमा आज २ बजे बार्ता गर्ने तयारी भइरहेको जानकारी दिए । पार्टी एकताका विषयमा सरकारात्मक वातावरण बन्दै गएकाले छिट्टै परिणाम निस्किने पनि उनले दावी गरेका छन् । यसअघि शनिबार बसेको वार्तामा दुबै पार्टीको डकुमेन्ट आदानप्रदान गरिएको थियो ।

यसैगरी माओवादीका उपमहासचिव एवम् वार्ता टोलीका सदस्य गिरिराजमणि पोखरेलले पनि यस्तै सकारात्मक रुपमा छलफल अघि बढेको जानकारी दिए । उनले नेसपासहित अन्य दलसँग समेत संवाद अघि बढेको बताए । ‘तत्काल एमाले बाहेक पार्टीसँग एकता गर्नेगरी लगातार छलफल गरेर परिणाम निकाल्ने पक्षमा छौं ।’

वार्ता टोलीले विप्लव नेतृत्वको नेकपासँग समेत एकताका विषयमा छलफल गर्ने पोखरेलले बताए । यता नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच एकताको प्रक्रिया चलिरहँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले चासो राखेका छन् । शीर्ष तहमा वार्ता गरेर कार्यदललाई काम दिएपछि भए एकता नभए मोर्चाको अभ्यास सुरु गर्ने समझदारी दुई पार्टीबीच भइसकेको छ । त्यसलाई लिएर नेकपा एमालेका अध्यक्ष ओलीले भने विमति राखेका छन् ।

गत शनिबार ओली निवास बालकोटमा भेटवार्ताका लागि पुगेका जसपा अध्यक्ष उपेन्द्र यादवलाई ओलीले नेकपा एकीकृत समाजवादीसँगको एकता बहसकै कारण सरकारमा लैजान कठिन भएको जानकारी गराएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७