सैनिक जवान बालाजुको गेस्ट हाउसमा मृत्त भेटिए


१० माघ २०७९, मंगलवार
death
सांकेतिक तस्वीर

काठमाडौं । ललितपुरको लेलेमा तालिम गरिरहेका एक सैनिक जवान गेस्ट हाउसको कोठामा झुण्डिएको अवस्थामा मृत्त फेला परेका छन् ।

ललितपुरको लेलेमा तालिमरत ३० वर्षीय सैनिक जवना बिनायक कार्की बालाजुको रसुवा गंगाजल गेस्ट हाउसको १०२ नम्बर कोठमा झुण्डिएको अवस्थामा आज (मंगलबार) फेला परेका हुन् । उनी तालिम लिइरहेको ब्यारेकबाट दुई दिनको बिदा लिएर हिँडेका थिए ।

आइतवार उक्त गेस्ट हाउसमा कोठा लिएर बसेका उनलाई मंगलबार मृत अवस्थामा भेटिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले यसबारेमा अनुसन्धान अघि बढाएको जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७