मधेश प्रदेशमा माओवादी केन्द्रका दुई सांसदले लिए शपथ


११ माघ २०७९, बुधबार
sapath madhesh

जनकपुरधाम । मधेश प्रदेशमा माओवादी केन्द्रका दुई सांसदले आज (बुधबार) पद तथा गोपनियताको शपथ खाएका छन् । माओवादी केन्द्रका समानुपातिक तर्फका सांसद रजि हैदर र रुवी कर्णले बुधबार शपथ ग्रहण गरेका हुन् । उनीहरु दुबै जनालाई सभामुख रामचन्द्र मण्डलले शपथ खुवाएका छन् । गत पुस १५ गते मधेस प्रदेशमा सहभागी १० दलका १०५ सांसदले शपथ लिएका थिए ।

सांसद हैदर र कर्णले प्रदेशसभा सचिवालयमा शपथ लिएका हुन् । उनीहरुले शपथ ग्रहण गरेसँगै यस प्रदेशमा माओवादी केन्द्रको सांसद संख्या ९ पुगेको छ । महोत्तरीबाट निर्वाचित भएको हैदर र सप्तरीबाट निर्वाचित भएको कर्णको निर्वाचित भएको घोषणा लगायतका बाँकी निर्णय र कामकारवाही कार्यान्वयन नगरी यथास्थितीमा राख्न सर्वोच्च अदालतले गरेको आदेशका कारण शपथ ग्रहणबाट बञ्चित भएका थिए ।

उनीहरुलाई शपथ ग्रहण नगराउन सर्वोच्च अदालतले गत मंसिर २९ गते अन्तरीम आदेश दिएको थियो । पार्टीकै अन्य सदस्यले समानुपातिक तर्फको क्रम संख्यामा भएको विवादका कारण परेको उजुरी उपर कारवाही गर्दै सर्वोच्चले यस्तो आदेश गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७