सन्दीपले ‘फिरोज शाह कोटला’ मैदानबाट आइपिएलमा डेब्यु गर्ने !


७ बैशाख २०७५, शुक्रबार
sandeepa Lamichhane dilli daredevils

काठमाडौँ, ७ वैशाख । आइपिएलको दिल्ली डेयरडेभिल्सको टिमका रहेको नेपाली राष्ट्रिय टिमका महत्त्वपूर्ण खेलाडी सन्दीप लामिछानेले आइपीएल क्रिकेटमा खेल्ने सम्भावना बढेको छ ।sandeepa Lamichhane dilli daredevils

दिल्लीले घरेलु मैदान ‘फिरोज शाह कोटले मैदान’मा सोमबार किंगस इलाभेन पन्जाबसँग हुन लागेको खेलमा सन्दीपलाई खेलाउने सङ्केत गरेको छ । दिल्लीले ट्वीटरमा भनेको छ, ‘फिरोज शाह कोटला मैदान सन्दीप लामिछानेका लागि बेहतरिन हुन सक्छ ।’

यस्तै उसले फ़िरोज़ शाह कोटला मैदानमा सन्दीपले डेब्यु गर्न सक्ने भन्ने  समाचार समेत साइटमा राखेकाे छ ।

दिल्लीको घरेलु मैदान स्पीन बलरका लागि उपयुक्त मानिन्छ । यही मैदानमा पूर्व भारतीय स्पीनर अनिल कुम्बलेले पाकिस्तान विरुद्धको टेस्ट क्रिकेटमा एक इनिङका सबै १० विकेट लिएका थिए ।

त्यही मैदानमा खेलिने खेलमा सन्दीपल आइपिएलमा डेब्यूको प्रबल सम्भावना छ । यो सँगै नेपाली फ्यानहरु तरंगीत भएका छन् । सन्दीपलाई नखेलाएको भन्दै समर्थकहरूले दिल्लीको आलोचना गर्दै आएका छन् । त्यसअघि शनिवार दिल्लीले रोयल च्यालेन्जर्स बैंगलोरसंग खेल्दै छ ।

चार खेल खेलेकोमा एक खेलमा मात्र जितेको दिल्ली आइपिएलको अङ्क तालिकामा पुच्छारमा छ ।

दिल्लीको विदेशी खेलाडीको प्रदर्शन
दिल्लीले हालसम्म ८ मध्य ६ विदेशी खेलाडी मैदानमा उतारि सकेका छन् ।  दिल्लीले पहिलो खेलमा ओपनर कोलिन मुनरो, अलराउन्डर द्वय क्रिस मोरिस र ड्यानीएल क्रिस्टियन तथा तीव्र गतिका बलर ट्रेन्ट बोल्टलाई खेलाएको थियो ।

दोस्रो खेलमा क्रिस्टियनको स्थानमा म्याक्सवेलले विदेशी खेलाडीका रूपमा खेलाए । तेस्रो खेलमा भने मोरिस बिरामी परेपछि क्रिस्टियन टोलीमा फर्केका थिए । उक्त खेलमा मुनरोको स्थानमा इनिङ्सको सुरुआत गरेका जेसन रोयले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जित दिलाए । उनी खेलको म्यान अफ द म्याच पनि चुनिए । त्यसै प्रदर्शनले उनले बाँकी खेलमा आफ्नो स्थान बलियो बनाएका छन् ।

अन्य विदेशी खेलाडी ट्रेन्ट बोल्टले सबै खेलमा औसत प्रदर्शन गरेका छन् । कागीसो रबाडा घाइते भएपछि उनको स्थानमा आएका लियाम प्लंकेट पनि बोल्टको स्थान लिने सम्भावना रहेको छ । म्याक्स्वेल र क्रिस्टियनले भने खासै प्रभाव जमाउन सकेका छैनन् ।

पहिलो खेलमा दिल्लीका स्पिनर अमित मिश्राले खराब बलिङ गरेपछि उनको स्थानमा दोस्रो खेल सहबाज नदीमले खेले । नदीमले उक्त खेलमा २ विकेट लिए भने तेस्रो खेलमा जम्न सकेनन् । अर्का स्पिन अलराउन्डर राहुल टेवाटियाले भने राम्रो प्रदर्शन गरिरहेका छन् । दिल्लीले आवश्यक परेको स्थितिमा म्याक्सवेलको अफ स्पिनको पनि सहारा लिन सक्छ ।

सन्दीपले यदि मुख्य स्पिनरको भूमिका खेल्ने हो भने क्रिस्टियन, म्याक्सवेल र मोरिसमध्ये एक जना मात्र खेल्नुपर्ने समीकरण दिल्ली समक्ष छ । त्यसका लागि टोलीमा भारतीय मूलका मध्यक्रमका ब्याट्सम्यानका रूपमा नमन ओझा, पृथ्वी शअ, अभिषेक शर्मा विकल्पका रूपमा उत्रन सक्छन् । अन्य टोलीमा स्पिनरले राम्रो प्रदर्शन गरिरहँदा दिल्लीले सन्दीपलाई विकल्पको रूपमा उभ्याउन सक्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७