रोहितको शानदार शतकमा वेष्ट इण्डिजलाई हराउँदै नेपालको विजयी सुरुवात


१५ बैशाख २०८१, शनिबार
cricket

काठमाडौँ । पाँच खेलको टी–२० श्रृंखलाको आफ्नो पहिलो खेलमा नेपालले रोमाञ्चक जित हात पारेको छ । वेष्ट इण्डिज ‘ए’ ले दिएको २०५ रनको लक्ष्य नेपालले २ बल बाँकी हुँदा ६ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि कप्तान रोहित पौडेल ११२ रनको शानदार इनिङ्स खेले । उनले ५४ बलमा १० चौका र ६ छक्का प्रहार गर्दै टिमको जितका लागि एकल लडाइँ लडेका थिए ।

रोहित बाहेक थप दोहोरो स्कोरका रुपमा कुशल मल्लले १६ रन बनाएका थिए भने अर्का ओपनर कुशल भुर्तेल १६ रन बनाएर आउट भए । त्यस्तै, दिपेन्द्र सिंह ऐरीले २४ रन बनाएका थिए । टिमको जितमा अन्तिम समयमा क्रिजमा आएका गुल्सन झा ९ रन र प्रतिश जिसी ५ रनमा अविजित रहे । वेष्ट इण्डिजका लागि म्याथ्यु फोर्ड र ओवेड म्याक्कोइले समान २–२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०४ रन बनाएको थियो । वेष्ट इण्डिजका लागि कप्तान रोस्टन चेजले सर्वाधिक ७६ रन बनाए । त्यस्तै, एलिक अथान्जेले ४७ रन बनाउँदा केसी कार्टीले ३८ रन बनाएका थिए । थप दोहोरो स्कोरका रुपमा कदिम एलियनीले १४ रन बनाएका थिए । नेपालका लागि कमल सिंह ऐरी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र अभिनाश बोहराले १–१ विकेट लिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७