पहिलो लेगमा म्यानचेस्टर युनाइटेडले नटिङ्घम फरेष्टलाई हरायो


१२ माघ २०७९, बिहीबार
carabro cup

काठमाडौं । काराबाओ कप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर युनाईटेडले नटिङ्घम फरेष्टलाई हराएको छ । बुधबार राति भएको खेलमा युनाईटेडले नटिङ्घमलाई ३–० ले हराएको हो । नटिङ्घमको मैदानमा भएको खेलमा युनाइटेडलाई विजयी गराउन मार्कस रास्फोर्ड, वौट वेगहर्स्ट र ब्रुनो फर्नान्डेजले एक एक गोल गरे ।

खेलको छैटौं मिनेटमा रास्फोर्डले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा वेगहर्स्टले गोल गर्दै युनाईटेडलाई दोब्बर अग्रता दिलाए । त्यसपछि ८९ औं मिनेटमा ब्रुनोले गोल गर्दै युनाईटेडलाई ३–० को सहज जित दिलाए ।

पहिलो लेगमा विजयीपछि युनाइटेडले लिग कप फुटबलको फाइनलमा पुग्ने सम्भावना बलियो पारेको छ । सेमिफाइनलको दोस्रो लेगको खेल यही फेब्रुअरी १ तारिखमा युनाइटेडको मैदानमा हुनेछ । अर्को सेमिफाइनल न्युकासल युनाइटेड र साउथह्याम्पटनबीच भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७