गृहमन्त्री लामिछानेको मुद्दामा सुनुवाइ जारी

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज (शुक्रबार) पनि सुनुवाइ जारी छ ।
यसअघि बुधार इजलासमा सुनुवाइ नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । यो विवादको आज अन्तिम सुनुवाइ हो । आज रवि पक्षका बाँकि वकिल र रिट निवेदकको जवाफी वहस हुनेछ ।
आजको सुनुवाइमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा छन् ।