भारतले न्युजिल्याण्डलाई ६ विकेटले हरायो


१६ माघ २०७९, सोमबार
cricket HJTHe6SeDQ

काठमाडौँ । भारतसँगको दोस्रो टी–२० क्रिकेटमा न्युजिल्याण्ड पराजित भएको छ । लखनउमा भएको खेलमा भारत ६ विकेटले विजयी भएको हो । जितसँगै घरेलु टोली भारतले तीन खेलको टी–२० श्रृङ्खलामा १–१ को बराबरी गरेको छ । न्युजिल्याण्डले दिएको १ सय रनको लक्ष्य भारतले १९ ओभर ५ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

भारतका लागि सूर्यकुमार यादवले २६ रन बनाए भने, इशान किशनले १९, कप्तान हार्दिक पाण्ड्यले १५, राहुल त्रिपाठीले १३, शुभमन गिलले ११ र वासिङ्टन सुन्दरले १० रन बनाए । न्युजिल्याण्डका माइकल ब्राकवेल र इस सोधीले समान १-१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर ९९ रन बनाएको थियो । उसका कप्तान मिचेल स्यान्टेनरले अविजित १९ रन बनाए भने मार्क च्याम्पम्यान र माइकल ब्राकवेलले समान १४-१४ रन बनाए । यस्तै, डेभोन कन्वे र फिना एलेन समान ११-११ रन बनाए ।

अरुले दोहोर अङ्क जोड्न सकेनन् । भारतका अर्शदीप सिंहले २ विकेट लिए भने हार्दिक पाण्ड्य, वासिङ्टन सुन्दर, युजभेन्द्र चहल, दीपक होडा र कुलदीप यादवले समान १-१ विकेट लिए । तीन खेलको टी–२० श्रृङ्खलाको तेस्रो खेल पर्सि बुधवार हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७