एफए कप : लिभरपुल चौंथो चरणबाटै बाहिरियो


१६ माघ २०७९, सोमबार
liverpool 1

लन्डन । काउरु मितोमाले इन्जुरी टाइममा गोल गरेपछि ब्राइटनले आइतबार साबिक विजेता लिभरपुललाई एफए कपको चौंथो चरणबाटै बाहिर पठाई दिएको छ । एमेक्समा खेल बराबरीतर्फ अगाडि बढेको समयमा जापानी विङगर मितोमाले सुन्दर ढंगले बल नियन्त्रणमा लिँदै गोल गरेका थिए ।

दुई साताअघि मात्र ब्राइटनले यही मैदानमा लिभरपुललाई प्रिमियर लिगमा ३–० ले पराजित गरेको थियो । मोहम्मद सलाहको पासमा हार्भी इलियटले गोल गर्दै पहिलो हाफमा अग्रता लिँदा लिभरपुलले त्यो नतिजा पल्टाउने सम्भावना देखाएको थियो ।
तारिक लाम्पटीको प्रहार लुइस डन्डलाई लागेर डिफ्लेक्ट भएपछि ब्राइटनले ३९ औं मिनेटमा नै खेल बराबरीमा ल्याएको थियो ।

रिप्लेका लागि खेल एनफिल्डतिर अगाडि बढिरहँदा मितोमाले अन्तिम मिनेटमा विजयी गोल गरेका थिए ।
शनिबार राति कासेमिरोको दुई गोल सहयोगमा म्यानचेस्टर युनाइटेड उत्कृष्ट प्रदर्शनसहित दस खेलाडीमा सीमित भएको रिडिङविरुद्ध ३–१ को जित निकाल्दै शनिबार एफए कपको पाँचौं चरणमा प्रवेश गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७