सिंहदरबारमा मन्त्रिपरिषद बैठक शुरु


१६ माघ २०७९, सोमबार
prachanda cabinet 2

काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक शुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् बैठक राखेका हुन् ।

बुधबार सोमबार अपरान्ह साढे ४ बजेदेखि मन्त्रिपरिषद् बैठक बसिरहेको छ । बैठकका एजेण्डाबारे केही खुलाइएको छैन । तर यो बैठकले केही सहसचिवहरुको सरुवा गर्न सक्ने सम्भावना छ । अर्कातिर गत शुक्रबार सर्वोच्चको आदेशपछि रवि लामिछानेले राजीनामा दिएकाले गृह मन्त्रालय खाली छ । गृह मन्त्रालयलाई लिएर प्रधानमन्त्री प्रचण्डले निर्णय लिन सकेका छैनन् । यस्तोमा यसबारे मन्त्रिपरिषद्का कुरा हुन सक्ने अनुमान छ ।

प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई नदिइ आफैं राख्ने मनस्थिति बनाएका छन् । तर सम्भावित गृहमन्त्रीबारे नेकपा माओवादी केन्द्रमा पनि औपचारिक कुरा भइसकेको छैन । सोमबारको पदाधिकारी बैठकपछि माओवादी प्रवक्ता एवम् उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्री चयनको जिम्मा प्रचण्डलाई नै दिएको बताएका छन् । यद्यपि यो बैठकबाट प्रचण्डले नयाँ गृहमन्त्री नियुक्तिको निर्णय लिने सम्भावना भने छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७