राप्रपाका मन्त्रीहरु संविधानको बर्खिलापमा बोलिरहेका छन् : रघुजी पन्त


१८ माघ २०७९, बुधबार
raghug panta 1

काठमाडौं । नेकपा एमाले सांसद् रघुजी पन्तले सरकारका मन्त्रीहरू नै संविधान विरोधी अभिव्यक्ति दिइरहेको बताएका छन् । प्रतिनिधि सभाको आज (बुधबार) को बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्तले राप्रपाका मन्त्रीहरुले संविधानको बर्खिलापमा बोलिरहेको आरोप लगाएका हुन् ।

पन्तले भने, ‘सरकारमा सहभागी मन्त्रीहरूनै संविधानको मान्यता विपरीत धर्म निरपेक्षतालाई मान्दिनँ, संघीयतालाई मान्दिनँ भन्दै बोलिरहनु भएको छ । संविधान अनुसार शपथ ग्रहण गर्नु भएका मन्त्री ज्यूहरूले संविधान विपरीत बोल्नै मिल्दैन ।’ संविधानका आधारभुत संरचनामै प्रधानमन्त्री र मन्त्री ज्यूहरु बाँझिनु लोकतन्त्रका लागि राम्रो लक्षण नभएको बताए ।

उनले यो सरकारमा हाम्रो पार्टीको महत्वपूर्ण भूमिका रहेको भन्दै संविधानको बर्खिलापमा नजान सरकारमा सहभागी मन्त्रीलाई आग्रह गरे । उनले शहरी विकास मन्त्री विक्रम पाण्डे र कानून न्याय तथा संसदीय मामीला मन्त्री ध्रुवबहादुर प्रधानले संविधानको बर्खिलाप गर्ने गरी अभिव्यक्ति दिएको बताए । पन्तले धर्मको सहिष्णुतालाई जोगाउनुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७