३० औँ पटक ‘कोपा डेल रे’ उपाधि बार्सिलोनालाई


९ बैशाख २०७५, आईतवार
20180421182035 messi

काठमाडौं ९ वैशाख: बार्सिलोनाले सहजै कोपा डेल रे को उपाधि जितेको छ । शनिबार भएको फाइलनमा सेभिल्लालाई ५ ० को फराकिलो अन्तरले हराउँदै बार्सिलोना लगातार चौथो पटक उपाधि जित्न सफल भएको हो ।

20180421182035 messi

मड्रिडको वाण्डा मेट्रो पोलिटानो मैदानमा भएको खेलमा बार्सिलोनाको जितका लागि सुआरेजले २ गोल ‘१४औ, ४०औं मिनेट’ गरे उनले भने मेसी ‘३१औ मिनेट’ र इनेस्टा ‘५१औं मिनेट’ एक-एक गोल गरे । कोन्टिन्होले खेलको ६९ औ मिनेमा पेनाल्टी मार्फत एक गोल गरे ।

३० औं पटक कोपा डेल रेको उपाधि जित्न सफल बार्सिलोना ८५ वर्षपछि लगातार लगातार ४ पटक उपाधि जित्ने टोली समेत बनेको छ । यसअघि यथ्लेटिक बिल्बाओले १९३० देखि १९३३ सम्म लगातार ४ पटक उपाधि जितेको थियो ।

कोपा डेल रे सन १९०३ देखि सुरु भएको स्पेनको सबैभन्दा पुरानो फुटबल लिग हो । यस प्रतियोगिताको उपाघि बार्सिलोनाले सबैभन्दाबढी ३० पटक जितेको छ । यथ्लेटिक बिल्बाओले २३ र रियल मड्रिडले १९ पटक उपाधि जितेका छन भने बाँकी अन्यले जितेका छन् । सेभिल्लाले ५ पटक उपाधि जितेको छ ।

युरोपियन च्याम्पियन लिग प्रतियोगिताबाट बारिरिएको बार्सिलोना अर्को घरेलु लिग ला लिगाको उपाघि नजिक पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७