जुनसुकै बाटो अपनाएर सत्तामा पुग्ने नीतिलाई लोकतन्त्र भन्न सकिँदैन : ओली


२२ माघ २०७९, आईतवार
kp oli 1

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता मोहले नेपालको राजनीति प्रणाली अराजक उन्मुख हुँदै गएको बताएका छन् । आज (आइतबार) संसद बैठकमा बोल्दै अध्यक्ष ओलीले जस्तोसुकै बाटो र विधि अपनाएर सत्तामा पुग्ने नीतिलाई लोकतन्त्र भन्न नसकिने बताएका छन् ।

‘सधैं सत्तामा रहने। जस्तोसुकै बाटो र विधिबाट अपनाएर सत्ता लिने नीतिलाई लोकतन्त्र भन्न सकिदैन,’ उनले भने । राष्ट्रिय हितलाई तिलाञ्जली दिएर भए पनि सत्ता प्राप्त गर्ने व्यवहारले राज्यका सबै प्रणालीहरू समाप्त हुँदै गएको उनको भनाइ छ ।

उनले सत्ता मोहले नै लोकतन्त्र समाप्त हुँदै गएको बताए । अध्यक्ष ओलीले लोकतन्त्रलाई जीवनको संज्ञा दिए । उनले भने, ‘लोकतन्त्र शाब्दिक शब्द मात्र होइन । यो जीवन पनि हो ।’ उनले राष्ट्रको सम्पूर्ण विकास र समृद्धिका लागि सबै नेपालीलाई समान व्यवहार,अधिकार र पहुँच हुनुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७