पल शाहलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालत पोखराको आदेश


२३ माघ २०७९, सोमबार
Paul

पोखरा । उच्च अदालत पोखराले बलात्कार आरोप लागेका पल शाहलाई १५ दिनभित्र उपस्थित गराउन आदेश दिएको छ । अदालतले पल शाहविरुद्धको बाल यौन दुराचारको मुद्दामा दुबै पक्षलाई झिकाउने आदेश दिएको दिएको हो ।

सोमबार उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले दुबै पक्षलाई झिकाउने आदेश दिएको छ । शाहलाई नाबालिगमाथि बालयौन दुराचार गरेको अभियोगमा जिल्ला अदालत नवलपरासी पूर्वले साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।

उक्त फैसलाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय र पल शाह दुबै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए । तर जिल्ला अदालत तनहुँले भने पल शाहलाई सफाइ दिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७