सत्ता गठबन्धनभित्र ठूलो घटनाको खतरा छ : कांग्रेस

‘रास्वपा सरकारबाट बाहिरिएकोमा खुशी–दुःखी केहि छैनौं’


२३ माघ २०७९, सोमबार
Ramesh Lekhak
फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्ता गठबन्धनभित्र ठूलो घटनाहरु हुने खतरा देखिएको बताएका छन् ।

आज (सोमबार) सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक लेखकले सत्तारुढ गठबन्धनका नेताहरुमा अधैर्यता र विचलन देखिएको बताएका हुन् । उनले सरकारको सैद्धान्तिक धरातल समेत कमजोर र बिरोधाभाषपूर्ण रहेको भन्दै यसैको परिणाम स्वरुप सरकार अहिलेको अवस्थामा आइपुगेको बताए । उनले सत्तारुढ दलका नेताहरु अत्ताल्लिएको भन्दै त्यसले सत्तारुढ गठबन्धनभित्र केही ठूलै घटनाहरु हुने खतरा देखिएको बताए ।

सत्तारुढ दलहरु मध्ये नेकपा (एमाले) सबैभन्दा विचलित भएको उनको भनाइ छ । उनले प्रधानमन्त्री एउटा हुने र देश अर्कोले चलाउन खोजेको लक्षण देखिएकोले यसो भएमा सकसपूर्ण स्थिति आउने उल्लेख गरे ।

प्रमुख सचेतक लेखकले कांग्रेसले सत्ता समीकरण परिवर्तन गरेर अर्को समीकरण बनाउन नखोजेको स्पष्ट पारे । आफूहरुले अहिले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नु पर्छ भनेको कुरालाई उल्लेख गर्दै प्रमुख सचेतक लेखकले राष्ट्रिय सहमति कांग्रेसकै लागि होला भन्ने आफूहरुको बुझाइ रहेको बताए ।

मुख्य सचेतक रमेश लेखकले रास्वपा सरकारबाट बाहिँरिदा आफूहरुलाई दुःख र खुशी केही नभएको प्रतिक्रया दिएका छन् ।
सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफलमा बसेका सभापति शेरबहादुर देउवालाई भेटेर बाहिरिने क्रममा उनले भने, ‘उहाँहरू बाहरिएपछि हामी खुशी–दुःखी केही छैनौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७