दुना–टपरी बेच्न बजार लैजाँदै

कपिलवस्तुको विजयनगर गाउँपालिका–१, नेवलीगन्जबाट दुना बेच्न साइकलमा चन्द्रौटा बजार लैजाँदै स्थानीय युवक । विभिन्न चाडपर्व र पूजाआजामा परम्परागत रुपमा बनाइँदै आएको दुना–टपरी अहिले व्यावसायिक रुपमा उत्पादन हुन थालेको छ । यस्तो व्यवसायबाट अहिले युवाहरुले राम्रो कमाइ समेत गर्न थालेका छन् । तस्वीर : माधव बेल्वासे / रासस