चुरे फेदमा फनपार्क निर्माण तीव्र


२५ माघ २०७९, बुधबार
funpark2020 11 06 10 41 19 1
सांकेतिक तस्वीर

सर्लाही । सर्लाहीको चुरे भावर क्षेत्रस्थित हरिवन नगरपालिका–१, कैलाशपुरीमा फनपार्क निर्माण गरिँदैछ । पूर्व–पश्चिम राजमार्गको हरिवन बजारबाट तीन किलोमिटर उत्तरमा उक्त उद्यान निर्माण भइरहेको छ ।

हरिवन नगरपालिकाका प्रमुख कमल बुढाथोकीका अनुसार उद्यानमा ठूलो कदको बुद्घको मूर्ति स्थापना गर्ने तयारी छ । वनभोजस्थल, सेल्फीसेट, जङ्गल पुल तथा चमेनागृहसमेत निर्माण गरिँदै छ । रु चार करोड ९७ लाखको लागतमा उद्यान निर्माण भइरहेको प्रमुख बुढाथोकीले जानकारी दिए ।

‘पर्यटन मन्त्रालयले ६५ र हरिवनले ३५ प्रतिशत रकम बेहोर्नेछ’, उनले भने, ‘थप रकम नगरपालिकाले विनियोजन गर्नेछ ।’ उद्यान निर्माणको ठेक्का गोपिनीगङ्गा कन्स्ट्रक्सन, काठमाडौँले लिएको छ । हाल सो कार्यमा ३० कामदार कार्यरत छन् । उद्यान दुई वर्षभित्र निर्माण सम्पन्न हुने बताइएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७