विराटनगरमा आमाहरूलाई पोषणसम्बन्धी अभिमुखीकरण


२६ माघ २०७९, बिहीबार
posan
फाइल फोटो

विराटनगर । विराटनगर महानगरपालिकाले सुनौला हजार दिनका आमालाई फोलिक एसिड र पोषणसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

महानगरले प्रदेश नं १ सरकार र करुणा फाउण्डेशन नेपालको त्रिपक्षीय लागत साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत समुदायमा सुनौला हजार दिनका आमालाई फोलिक एसिड र पोषणसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्न अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो ।

विराटनगर–४ को खार्जीमा आयोजित समारोहमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले गुणस्तरीय र नियमित सेवा दिनलाई कर्मचारीलाई निर्देशन दिए । नागरिक स्वस्थ भए मात्रै समाजको चौतर्फी विकास हुने भन्दै प्रमुख कोइरालाले भने, ‘महानगरपालिकाले पनि स्वास्थ्य र शिक्षालाई उच्च महत्व दिएर काम गरिरहेको छ, अभिमुखीकरण कार्यक्रमलाई थप प्रभावकारी बनाउनु पर्छ ।’

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले सुनौलो हजार दिनलाई अभियानकै रूपमा सञ्चालन गर्नुपर्ने बताए । महानगरका १९ वटै वडामा कार्यक्रम सञ्चालन गरिने उहाँको भनाइ छ । अभिमुखीकरण कार्यक्रममा पोषणको परिचय र महत्व, न्यून मातृशिशु पोषणका असर, पोषणचक्र, पोषणका लागि सुनौला हजार दिनको महत्व, मातृशिशु तथा बाल्याकालीन पोषण सुधारका लागि परिवारको भूमिका, उपयुक्त गर्भाधानको समय तथा गर्भान्तरको महत्व, प्रि–कन्सेप्स्सनल फोलिक एसिड र पोस्ट फोलिकको महत्वबारेमा जानकारी गराइएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए । महानगरले १९ वडामा ५७ स्थानमा सुनौलो हजार दिन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७