शेयर बजार दोहोरो अंकले बृद्धि, २ अर्ब ६ करोडको कारोबार


२६ माघ २०७९, बिहीबार
share market

काठमाडौँ । हिजो बुधवार सात अंकले घटेको शेयर बजार आज (बिहीबार) भने दोहोरो अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ४५ अङ्कले बढेर दुई हजार एक सय ८२ दशमलव ६४ विन्दुमा पुगेको छ ।

म्युचल फन्ड बाहेक अरू सबै समूहको शेयर बढेको छ । बजार बढे पनि कारोबार रकममा भने कमी आएको छ । हिजो तीन अर्ब ६९ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज दुई सय ५७ वटा कम्पनीका ५६ लाख ४८ हजार कित्ता शेयर दुई अर्ब छ करोड २० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अपी पावर कम्पनीको पाँच करोड ८६ लाख र नबिल बैंकको पाँच करोड ७३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

आज बाराही हाइड्रोको शेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज सबैभन्दा धेरै गुराँस लघुवित्तको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७