अल नसरको जितमा रोनाल्डोको चार गोल


२७ माघ २०७९, शुक्रबार
ronaldo all nasar
फाइल फोटो

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोको चार गोलमा अल नसरले साउदी प्रो लिग फुटबलमा अल वेह्दालाई पराजित गरेको छ ।
गए राति भएको खेलमा नसरले अल वेह्दालाई ४–० गोल अन्तरले हराएको हो ।

अल नसरको सबै गोल रोनाल्डो एक्लैले ४ गोल गरेका हुन् । खेलको २१ औं मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि उनले ४० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा दोब्बर अग्रता बनाए ।

खेलको ५३ र ६१ औं मिनेटमा रोनाल्डोले गोल गर्दै अल नसरलाई ४–० गोल अन्तरले जिताए । यस जितसँगै नसर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नसरले १६ खेलमा ३७ अंक जोडेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७