अर्थतन्त्र सुदृढीकरणका लागि तत्काल गम्भीर पाइला चाल्न आवश्यक : राष्ट्रपति भण्डारी

‘संविधान कार्यान्वयनका ७ वर्षमा राजनीतिक स्थायित्व कायम भयो’


२७ माघ २०७९, शुक्रबार
Bidhya Bhandari1667830357
फाइल फोटो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थतन्त्रको सुदृढीकरणका लागि तत्काल गम्भीर पाइला चाल्न आवश्यक भइसकेको बताएकी छन् । आज (शुक्रबार) संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

उनले आर्थिक अवस्था जटिल मोडमा अर्थतन्त्रका सूचकहरुमा सुधारको संकेत देखिए पनि यसको दिगोपनामा आस्वस्त भइहाल्ने अवस्था नरहेको समेत बताइन् । मौद्रिक तरलताको समस्या, लगानीका लागि यथेस्ट स्रोतको अभाव र बाह्य कारणले समेत गर्दा उत्पादन क्षेत्र मजबुत हुन नसकेको उनले बताइन् ।
‘संविधान कार्यान्वयनका ७ वर्षमा राजनीतिक स्थायित्व कायम भयो’
राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयनका सात वर्षमा राजनीतिक स्थायित्व कायम भएको बताएकी छन् । राष्ट्रपति भण्डारीले संविधानको कार्यान्वयनका लागि सात वर्षको अभ्यास निकै महत्वपूर्ण भएको बताएकी छन् ।

‘संविधान कार्यान्वयनमा सात वर्षको अभ्यासमा निकै महत्वपूर्ण छ । संघीय लोकतन्त्रको आधारमा स्तम्भ संस्थागत भएका छन् । संविधान कार्यान्वयन, शासन व्यवस्था सञ्चालन र लोकतन्त्रको व्यवहारिक सुदृढीकरणका लागि हामीले अबलम्बन गरेको नीति, निर्माण गरिएको कानुन र प्रक्रियागत सुधारका कारण राजनीतिक स्थायित्व कायम भएको छ ।’

भण्डारीले भनिन्, ‘देशको राजनीतिले एउटा गति र लय समातिसकेकाले अब हाम्रो ध्यान विकास, समृद्धि र जनतालाई सुसी बनाउनेतर्फ केन्द्रित हुनुपर्दछ भन्ने मैले ठानेको छु । संविधानले मार्ग दर्शनगरे बमोजिमको स्वतन्त्र र समृद्ध अर्थतन्त्र विकास गर्ने सन्दर्भमा राज्यको संयुक्त अंगहरुले संकल्प गरी त्यसको कार्यान्वयमा परिचालित गर्नु पर्दछ भन्ने मलाई लागेको छ ।’ सम्बोधनको क्रममा भण्डारीले देशको आर्थिक, राजनीतिक क्षेत्रमा धेरै नै प्रगति भएको बताएकी छन् । तर यसलाई थप विकसित गर्नुपर्ने उनको भनाइ थियो ।

‘विकास निर्माणले गति लिएको छ तर यो गति पर्याप्त छ त ? तर नागरिकको विकासका लागि हामीले गरेको प्रयासले सार्थकता पाएको छ त ? यो विषयलाई केन्द्रमा राखेर अबका हाम्रा काम कारवाहीहरु अघि बढाउनु पर्दछ,’ उनले भनिन् । राष्ट्रपति भण्डारीले देशको आर्थिक अवस्था जटिल मोडमा रहेको विषयप्रति सबै जानकार र चिन्तित रहेको पनि बताएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७