छिट्टै पार्टी एकताको अर्को प्रक्रिया आउने छ : प्रचण्ड


१ फाल्गुन २०७९, सोमबार
Prachanda janayudda diwas LoTHlI0X7h
तस्वीर : रासस

काठमाडौं । सत्तारुढ नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व माओवादीका सबै नेतालाई एकतामा आउन अपील गरेका छन् ।

20230213085210 RATL0132

उनले प्रक्रिया अघि बढेको बताउँदै एकतामा आउन आग्रह गरेका छन् । ‘विभिन्न धाराका समूहहरुलाई एकतावद्ध भएर सामाजिक न्यायमा अघि बढ्न अपील गर्न चाहन्छु’, २८ औं जनयुद्ध दिवसको अवसरमा माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने ।

Fo0Pqv4aAAAP7D6

‘म आफैंले पनि धेरै किसिमका नेतृत्वसँग लगातार छलफल गरिरहेको छु’, प्रधानमन्त्री प्रचण्डले भने, ‘मलाई विश्वास छ छिट्टै पार्टी एकताको अर्को एउटा प्रक्रिया अघि आउने छ । जसले आम नेता कार्यकर्तालाई उत्साहित गराउने छ ।’ पार्टी पुनर्निर्माण गर्ने, आन्दोलनलाई अघि बढाउने र जनताको भावना अनुसार काम गर्न जिम्मेवारी थपिएको उनको भनाई छ ।

20230213085241 RATL0143

‘हामीले एक पटक नयाँ सकल्पसहित अघि जानुछ’, सम्बोधनको क्रममा प्रचण्डले भने, ‘म ऐतिहासिक दिनमा र भर्खरै नेपाल सरकारबाट भएको निर्णयका सन्दर्भमा सबै माओवादी धाराका विभिन्न समूहलाई अब एकतावद्ध भएर सामाजिक न्याय र रुपान्तरणको निम्ति अघि बढ्न अपिल गर्न चाहन्छु । केही समयअघि देखि आन्दोलनलाई अघि बढाउने प्रक्रिया अघि बढेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७