महाभियोग टुङ्गो नलागे अर्को संसदमा लैजान सहमति


२ फाल्गुन २०७९, मंगलवार
Samsad Niyamawali masyauda samiti 2 1024x683 1

काठमाडौं । एउटा संसदमा टुङ्गो नलागेको महाभियोग प्रस्ताव अर्को संसद्मा लैजान सांसदहरू सहमत भएका छन् । आज (मंगलबार) सिंहदरबारमा बसेको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा प्रतिनिधिसभाको कार्यकाल ५ महिनाभन्दा कम भएर महाभियोग टुग्याउन नसके निर्वाचनपछि आउने संसद्ले स्वीकार्नु पर्नेमा समिति सदस्यहरू एक भएका हुन् ।

महाभियोग लगाउने प्रतिनिधिसभाको समय सकिएर काम पूरा नभए त्यसले गरेको कामको दायित्व निर्वाचित प्रतिनिधि सभामा सर्ने व्यवस्था गर्न लागिएको हो । महाभियोग लागिसकेपछि त्यसलाई टुंगोमा लागाउनुपर्ने विषय मस्यौदामै समेट्नु पर्ने विषय सांसदहरूले उठाएका थिए ।

महाभियोग लगाइसकेपछि प्रतिनिधिसभाको कार्यकाल ५ महिनाभन्दा कम समय रहेको अवस्थामा महाभियोगको बाँकी काम निर्वाचित भएर आउने प्रतिनिधि सभाले टुंगो लगाउने भन्ने नियम राख्न लागिएको हो । यस्तै, राष्ट्रपति र उपराष्ट्रपतिविरुद्धको महाभियोग ३ महिनाभित्र टुंगो लगाउने प्रावधानमा सहमति जुटेको छ । संवैधानिक निकायका प्रमुख वा सदस्यविरूद्धको महाभियोग प्रस्ताव ५ महिनाभित्र टुंगो लगाउने विषयमा सांसदहरू एक भएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७