बाहिर हल्ला मात्रै हो, हामीलाई राष्ट्रपतिको प्रस्ताव आएकै छैन : झलनाथ खनाल


१० फाल्गुन २०७९, बुधबार
jhalanath khanal 2
फाइल फोटो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीलाई हालसम्म कसैले राष्ट्रपति उम्मेदवारमा प्रस्ताव नगरेको स्पष्ट पारेका छन् ।

पार्टीको सचिवायलय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रपतिको उम्मेदवार बनाउने विषयमा कुनै प्रस्ताव नआएको दाबी गरे । बैठकमा अध्यक्ष माधवकुमार नेपालले पनि राष्ट्रपतिको प्रस्ताव आएकोबारे कुनै ‘ब्रिफिङ’ नगरेको उनले बताएका छन् ।

‘राष्ट्रपतिको विषयमा प्रस्ताव आएको भन्नेबारे अध्यक्षजीले पनि केही भन्नु भएन । त्यसकारण यो हल्ला मात्रै रहेछ भन्ने बुझ्नु पर्‍यो,’ उनले भने । बैठकमा अध्यक्ष नेपालले पछिल्लो राजनीतिक अवस्थाबारे ब्रिफिङ गरेको नेता खनालले जानकारी गराएका छन् । बैठकले राष्ट्रपति निर्वाचनबारे दलहरूसँग परामर्श गर्ने निर्णय भएको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७