नेप्से झण्डै ५८ अंले घट्यो, राष्ट्र बैंकको कडाइपछि लघुवित्तको शेयर कारोबारमा पहिरो


११ फाल्गुन २०७९, बिहीबार
share market

काठमाडौँ । लामो समयपछि हिजो (बुधबार) बढेको शेयर बजार आज (बिहीबार) भने उच्च अंकले घटेको छ । आज शेयर बजार परिसूचक नेप्से ५७ दशमलव ७४ अङ्कले घटेर २ हजार २२ दशमलव ६४ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा लघुवित्त समूहको शेयर ४१२ अंकले घटेको छ । पछिल्लो केही समयदेखि लघुवित्तका कारण ऋणीहरू समस्यामा परेका खबरहरू आइरहेका थिए ।

हिजो मात्र राष्ट्र बैंकले लघुवित्तको नियमनमा थप कडाइ गर्ने व्यवस्था गरेसँगै आज त्यसको असर लघुवित्तको शेयर कारोबारमा देखिएको छ । हिजो पनि लघुवित्तको शेयर उच्च अङ्कले घटेको थियो । आज ३७ वटा लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ भने आठ वटा लघुवित्त कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ ।

शेयर बजार घटे पनि कारोबार रकम भने आज केही बढेको छ । आज २ सय ६० वटा कम्पनीका ६३ लाख २६ हजार कित्ता शेयर २ अर्ब ५२ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै छिमेक लघुवित्त वित्तीय संस्थाको ८ करोड ७० लाख रुपैयाँको शेयर किनबेच भएको छ । समग्रमा बजार घटे पनि आज नेपाल हाइड्रो डेभलपर्स कम्पनी र साम्लिङ पावर कम्पनीको शेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७