मकवानपुरमा जंगली हात्तीको आक्रमणबाट फेरि एकको मृत्यु


१२ फाल्गुन २०७९, शुक्रबार
hatti 0n2tMiGZJZ

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बकैया–५ पावसमा ५० वर्षीय सन्तलाल माझीको बिहीबार साँझ हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

साँझ गोठमा गएको समयमा हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएका माझीलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

hatti aakram death

पछिल्लो एक सातामा जिल्लामा जंगली हात्तीले आतंक मच्याइरहेको छ । सोही हात्तीकै आक्रमणबाट केहि दिनअघि जिल्लाको मनहरी गाउँपालिका–४ मा स्थानीय ६४ वर्षीया राधा अधिकारीको मृत्यु भएको थियो । योसँगै जिल्लामा हात्तीको आक्रमणमा दुईजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको जंगली हात्ती मनहरी, हेटौंडा हुँदै अहिले बकैया–७ को कत्लेखोलामा पुगेको स्थानीयले जानकारी दिएका छन् । निकुञ्जले हात्ती नियन्त्रणमा लिन सकेको छैन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७