कलाकारिता तथा मोडलिङमा भबिष्य कोर्दै मोडल बिपना श्रेष्ठ


१२ बैशाख २०७५, बुधबार
bipana shrestha

काठमाडौं, १२ बैशाख । कलाकारिता तथा मोडलिङ क्षेत्रमा नै भबिष्य सम्झेर एक कुशल नायिका तथा मोडल बन्ने सोचका साथ मोडलिङ क्षेत्रमा प्रवेश गरेकी मोडल हुन् बिपना श्रेष्ठ ।

bipana shrestha

मानिसहरुमा बढ्दो ग्ल्यामर्स मोहले गर्दा मोडलिङ संसार, रंगीन संसार अर्थात् सिने संसारमा रमाउन चाहने युवा युवतीहरुको संख्या दिन प्रतिदिन बृद्धि हँुदै गएको छ भने नाम कमाउने अनि चर्चित हुने सबैको चाहना हुन्छ । त्यस्तै चाहना लिएर मोडलिङको भीडमा आफूलाई स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाका साथ अहिले मोडल बिपना श्रेष्ठ लागेकी छन् ।
प्युठान जन्मथलो भएर बिगत २ बर्षदेखि काठमाडौंलाई कर्मथलो बनाउँदै आफ्नो रोजगारीसँगै मोडलिङमा निरन्तरता दिदै आएकी बिपना अहिले आफ्नो लक्ष्यमा पुग्न दिनरात लागिपरेकी छन् । त्यसै अनुरुप मेहनत पनि गरिरहेकी छन् । नृत्य र अभिनयमा अब्बल बिपना सुन्दर मुहार र आकर्षक शरीरको धनी पनि छन् । चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनि भित्रको आकर्षण हो । करिब १ दर्जन म्युजिक भिडियोहरुमा समेत आफ्नो कुशल अभिनय प्रस्तुत गरेकी विपनाले विभिन्न शो तथा सौन्दर्य प्रतियोगिताहरुमा समेत आफ्नो क्षमता प्रदर्शन गरिसकेकी छन् । उनी आफ्नो अभिनय, नृत्य र कलालाइ अझै निखारता ल्याउँदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन् ।
भर्खर मात्र २३ औ बसन्तमा प्रवेश गरेकी बिपना श्रेष्ठ हेर्दा आकर्षक छन्
ल्याब टेक्निसियनको रुपमा एक प्राइभेट मेडिकलमा कार्यरत समेत रहेकी मोडल बिपना भन्छिन्, अब मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यही क्षेत्रमा आफ्नो कलाकारिता क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउँछु ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७