रियल बेटिससँग बराबरीमा रोकियो


२२ फाल्गुन २०७९, सोमबार
real

काठमाडौं । साबिक विजेता रियल मड्रिड रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएको छ । बराबरीमा रोकिएसँगै रियल शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा ९ अंकले पछि परेको छ ।

खेलमा रियलले नियन्त्रण बनाए पनि गोल गर्नबाट भने चुकेको थियो । विपक्षीको पोस्टमा ५ पटक प्रहार गरे पनि रियलले त्यसलाई जाली चुमाउन सकेन । आइतबार राति नै भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई १–० गोलले हराएको थियो । २४ खेलपछि बार्साको ६२ अंक रहेको छ भने रियल ५३ अंकमा सीमित छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७