पल्सर स्पोर्टस अवार्डको मनोनयनमा पाँच खेलाडी, को–को परे ?


१२ बैशाख २०७५, बुधबार
pulsor sport

काठमाडौं, १२ वैशाख । नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोट्र्स अवार्ड अन्तर्गत पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका पाँच खेलाडीको नाम सार्वजनिक गरेको छ । जसमा क्रिकेटर सन्दिप लामिछाने, प्रतिमा शेर्पा, फुटबल किपर किरण चेम्जोङ लिम्बू, भलिबलका मानबहादुर श्रेष्ठ र टेबल टेनिसका स्यान्टु श्रेष्ठ छन् ।pulsor sport

मनोनयनमा परेकाहरुलाई एसएमएस र फेसबुकमार्फत भोट दिन सकिनेछ । चार फेसबुक लाइकको मतभार एक एसएमएस बराबर हुने आयोजकले जनाएको छ ।

यस पटक प्रशिक्षक र मञ्चका सबै सदस्यले पनि मत दिनेछन् । सातौं राष्ट्रिय खेलकुदमा सहभागी ३५ खेलका प्रमुख प्रशिक्षकले मतदान गर्न पाउने छन् । आयोजकका अनुसार मतभार एसएमएस र फेसबुक लाइकको ५० प्रतिशत र प्रशिक्षक र मञ्चका सदस्यको ५० प्रतिशत हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७