‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै


२४ फाल्गुन २०७९, बुधबार
futsal and football
फाइल फोटो

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज तीन खेल हुँदैछन् । आज दशरथरंगशालामा २ र १ खेल च्यासल मैदानमा हुनेछ ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा नेपाल पुलिस क्लव र हिमालयन शेर्पा क्लव भिड्ने छन् । पुलिस र हिमालयनबीचको खेल दिउँसो २ः३० बजे शुरु हुनेछ । पुलिस पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा पुलिसलाई चर्च ब्वाइजले हराएको थियो ।

हिमालयन शेर्पा पनि पहिलो जितको योजनामा रहेको छ । पहिलो खेलमा हिमालयनले मनाङसँग बराबरीखेलेको थियो । दशरथ रंगशालामा हुने दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लव रसंकटा क्लवबीच प्रतिष्पर्धा हुनेछ ।

मनाङ र संकटाबीचको खेल साँझ ५ः३० बजेशुरु हुनेछ । च्यासल मैदानमा हुने खेलमा एपीएफ क्लव र सातदोबाटो युथ क्लवबीच प्रतिष्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ः३० बजे शुरु हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७