गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ, म देखाउँछु : रामचन्द्र पौडेल


२५ फाल्गुन २०७९, बिहीबार
ramchandra poudel

काठमाडौं । राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले गणतन्त्र सुदृढीकरणका लागि आफूले संरक्षकको भूमिका निर्वाह गर्ने बताएका छन् । संसद् भवनमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै पौडेलले गणतन्त्र स्थापनामा आफूले भूमिका खेलेको र यसको सुदृढीकरणका लागि संरक्षकको भूमिका खेल्ने बताए ।

राष्ट्रपतिको निर्वाचनस्थलमा पौडेलले भने, ‘राजतन्त्रको राष्ट्राध्यक्ष र गणतन्त्रको राष्ट्राध्यक्ष कस्तो हुन्छ भनेर म देखाउनेछु । केही दिनमै निर्वाचित भएमा तपाई (पत्रकार) हरुलाई पनि बोलाउने छु ।’ पौडेलले आफू राष्ट्रपतिमा निर्वाचित भए सर्वसाधारणले दुःख पाउने गरी कुनै कार्य नगर्ने दावी गरे ।

आज नयाँ राष्ट्रपति चयनका लागि धमाधम मतदान भइरहेको छ । निर्वाचनमा कांग्रेसका पौडेल र एमालेबाट सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७