नव निर्वाचित राष्ट्रपति पौडेल आज पशुपतिमा पूजापछि बिपी संग्रहालय जाने


२६ फाल्गुन २०७९, शुक्रबार
Ramchandra scaled

काठमाडौं । नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज (शुक्रबार) बिहान सभामुख देवराज घिमिरेसँग भेटवार्ता गर्ने भएका छन् । पौडेलको सचिवालयका अनुसार आज बिहान ८ बजे सभामुख घिमिरेसँग राष्ट्रपति पौडेलको भेटवार्ता हुनेछ ।

सभामुख घिमिरे आज आगामी फागुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका सङ्घको १४६ औं बैठकमा भाग लिन बहराइनअघि राष्ट्रपति पौडेलले भेटवार्ता गर्न लागेका हुन् । यसपछि बिहान ९ बजे पशुपतिनाथ मन्दिर पुगेर दर्शन गर्ने कार्यक्रम पनि तय भएको सचिवालयले जानकारी दिएको छ ।

राष्ट्रपति पौडेल आजै ११ बजे सुन्दरीजल पनि जानेछन् । त्यहाँ पुगेर बिपी संग्रहालय अवलोकन गर्ने कार्यक्रम छ । बिपी, गणेशमान र कृष्णप्रसादले जेल जीवन बिताएको सुन्दरीजलस्थित सैनिक जर्नेलको क्वार्टरलाई अहिले बिपी संग्रहालयमा परिणत गरिएको छ । कांग्रेसका नेताहरु कुनै कामको सुरुवात गर्दा सुन्दरीजल पुग्ने गरेका छन् । बिहीबार राष्ट्रपतिमा निर्वाचित पौडेल पनि त्यहाँ पुग्न लागेको उनको सचियालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७