नव निर्वाचित राष्ट्रपति पौडेल वाँडेगाउँस्थित ‘भट्टराई आश्रम’ मा


२७ फाल्गुन २०७९, शनिबार
krishna prasad

पाटन । नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको वाँडेगाउँस्थित भट्टराई आश्रमको आज अवलोकन एवं निरीक्षण गरेका छन् । भट्टराई आश्रम पुगेका उनले आश्रममा रहेको नेपाली कांग्रेसका संस्थापक नेता एवम् पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सालिकमा माल्यार्पण गरे ।

सो अवसरमा नव निर्वाचित राष्ट्रपति पौडेललाई आश्रमको सञ्चालिका अमिता कपाली, नेपाली कांग्रेसका उपसभापति एवं पूर्व गृहमन्त्री पूर्णबहादुर खड्का, पूर्व राजदूत एवम् नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्याय, नेपाली कांग्रेस बागमती प्रदेशका सहमहामन्त्री ऋषिराम घिमिरे, प्रदेशसभा सदस्य मीनकृष्ण महर्जन, जिल्ला समन्वय समिति ललितपुरका सभापति ऋषिदेव फुँयाललगायतले स्वागत गरेका थिए । नव निर्वाचित राष्ट्रपति पौडेललाई आश्रमका सञ्चालिका कपालीले आश्रमको गतिविधिबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७