सुनको भाउ एकै दिन १६ सयले बढ्यो, तोलाको कति पुग्यो ?


३० फाल्गुन २०७९, मंगलवार
Gold 2

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले बढेको छ ।

यस दिन छापावाल सुन तोलाको एक लाख पाँच हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार उक्त सुन तोलाको एक लाख चार हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार तेजाबी सुन तोलाको एक लाख पाँच हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७