नेपाली यू–१९ क्रिकेट टोलीका सदस्य मगरलाई गृह जिल्लामा भव्य स्वागत


३० फाल्गुन २०७९, मंगलवार
PNA Arghakhachi 113435

अर्घाखाँची । १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट टोलीका सदस्य उत्तम थापा मगरलाई गृह जिल्ला अर्घाखाँचीको सन्धिखर्कमा भव्य स्वागत गरिएको छ । अर्घाखाँची क्रिकेट सङ्घको आयोजनामा स्थानीय युवाहरूले बाइक र्‍यालीसहित बजार परिक्रमा गराएर मगरको सम्मान गरेका हुन् ।

अर्घाखाँचीमा क्रिकेट खेलेर राष्ट्रिय टोलीमा परेर उत्कृष्ट खेल प्रदर्शन गरेको तथा अर्घाखाँचीको नाम राख्न सफल भएकोले खेलाडी मगरलाई सम्मान गरिएको अर्घाखाँची क्रिकेट सङ्घका अध्यक्ष ऋषि भट्टराईले बताए ।

केही दिनअघि मात्रै यो टोलीले यूएईलाई हराउँदै १९ वर्षमुनिको विश्व कपमा स्थान पक्का गरेको थियो । १९ वर्षमुनिको विश्व कप सन् २०२४ मा श्रीलङ्कामा हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७