आज सरकारी निवास छोड्दै उपराष्ट्रपति पुन


२ चैत्र २०७९, बिहीबार
Nanda bdr pun

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले आज (बिहीबार) सरकारी निवास छोड्ने भएका छन् । उपराष्ट्रपतिका लागि भोलि निर्वाचन हुँदै गर्दा पुनले आजै सरकारी निवास छोड्न लागेका हुन् ।

पुन लैनचौरस्थित सरकारी निवास छोडेर चन्द्रागिरि नगरपालिका दहचोकमा बनेको आफ्नै घरमा सर्न लागेका हुन् । बिहीबार (२ चैत) दिउँसो १२ बजे सरकारी निवासबाट सर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । पुनका लागि दहचोकमा निजी निवास निर्माण भइसकेको छ ।

nanda bahadur pun vum7iLw3Mr

नयाँ उपराष्ट्रपतिको लागि भोलि शुक्रबार (३ चैत) निर्वाचन हुँदैछ । उपराष्ट्रपतिको निर्वाचनअघि नै पुन निजी निवासमा सर्न लागेका हुन् । फागुन २५ गते राष्ट्रपति निर्वाचित भएका रामचन्द्र पौडेललाई फागुन २९ गते शीतलनिवासमा स्वागत गरिएको थियो । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी पनि सोही दिन निजी निवास सरेकी थिइन् ।

उपराष्ट्रपतिका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी लगायतका दलको गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता रामसहायप्रसाद यादव उम्मेदवार छन् । उता जनमत पार्टीले समानुपातिक सांसद ममता झालाई उपराष्ट्रपति उम्मेदवार बनाएको छ । नेकपा एमालेले अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको छ । चैत ३ गते हुने उपराष्ट्रपति चुनावमा संघ र प्रदेशका ८ सय ८१ सांसदले मतदान गर्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७