६५ वर्षपछि दुई कोरियाली नेता एकै ठाउँमा, किमले सैनिक रेखा यसरी पार गरे (रोचक फोटो फिचर)


१४ बैशाख २०७५, शुक्रबार
2018 04 27t022457z571731262rc127b098f60rtrmadp3northkorea southkorea summit 2742018065943

काठमाडौं, १४ बैसाख : एक महिना अघिसम्म युद्धको संघारमा रहेको कोरियन प्रायद्वीपमा एकपछि अर्को गर्दै शान्तिको लहरहरु उठ्न थालेका छन् । विश्वलाई आश्चर्यचकित पार्दै उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले शान्ति वार्ताका लागि पहिलो पटक सैनिक रेखा पार गर्दै दक्षिण कोरियामा प्रवेश गरेका हुन् ।

६५ वर्षअघि छुटिएका यी दुई प्रायदीप अहिले फेरि नजिकिंदै गएका छन् । किमलाई स्वागत गर्नका लागि दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन सीमा रेखा नजिकै पुगेका थिए । हात मिलाएर उत्तर कोरियाका नेता किमलाई स्वागत गरेसँगै उनले दक्षिण कोरियाका नेतालाई केही छिनका लागि भए पनि सैनिक सीमा रेखा पार गरेर उत्तर कोरियाको जमिनमा खुट्टा राख्न आग्रह गरेका थिए । राष्ट्रपति इनले पनि मुस्कुराउँदै सीमा पार गरी उत्तरको जमिनमा टेकेका थिए ।

Kim
सन् १९५३ मा भएको कोरिया युद्धपछि दुई देशको सीमामा शुक्रबार किम जोन र दक्षिण कोरियाका राष्ट्रपति मुन जेइ इन । तस्विर : रोयटर्स

 

त्यसलगत्तै किमलाई दक्षिण कोरियाको सेनाले विशेष सलामीसहित ‘गार्ड अफ अनर’ दिएको थियो । निकै हँसिलो मुद्रामा देखिएका दुवै नेताले गार्ड अफ अनरको अवलोकनपछि सामूहिक तस्बिर खिचाएर वार्तास्थलतर्फ लागेका थिए । वार्ताको बिहानी सत्र सकिएको छ । दुई नेताहरुबीच निकै सौहार्दपूर्ण वातावरणमा वार्ता भएको जनाइएको छ । उनीहरुबीच शान्ति सम्झौतालगायत आणविक कार्यक्रमबारे पनि छलफल हुने बताइएको छ ।

सन् १९५३ मा कोरियाली युद्ध सकिएपछि पहिलो उत्तर कोरियाली नेताका रूपमा किमले स्थानीय समय अनुसार साढे ९ बजेतिर दक्षिण कोरियाली भूमिमा पाइला टेकेका थिए । उनले दुई देशबीचको शिखर बैठकलाई एउटा नयाँ शुरूवातको संज्ञा दिएका छन् ।

2 korea

दुई दक्षिण कोरियाली नेता पहिलो चरणको शान्ति वार्ता गर्दै । तस्विर : रोयटर्स

 

दक्षिण कोरियाली भूमिमा पाइला टेकेपछि त्यहाँको ‘पीस हाउस’ को आगन्तुक पुस्तिकामा उनले लेखे, ‘शान्ति युगको प्रारम्भ विन्दुमा एउटा नयाँ इतिहास शुरू भएको छ ।’ दुई नेताबीचको वार्ता कोरियाली प्रायद्वीपमा पारमाणविक अस्त्रको भविष्य र दुई कोरियाबीचको युद्ध अन्त्य भएको औपचारिक घोषणामा केन्द्रित हुने अपेक्षा गरिएको छ । तर, किमका पछिल्ला अनपेक्षित कदमहरूलाई लिएर विश्लेषकहरू विभाजित छन् ।

कतिपय विश्लेषकले उनको नियतमाथि प्रश्न गरिरहेका छन् । दुई कोरियाली नेताबीचको वार्तालाई किम र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच जुन महिनाको शुरूतिर गरिने प्रस्तावित शिखर बैठकको आधारका रूपमा पनि हेरिंदै छ । अनपेक्षित कदमका रूपमा हेरिएको उक्त शिखर बैठक भए बहालवाला अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाली नेतालाई भेटेको पहिलो घटना हुनेछ ।

पान्मुन्जोम घोषणापत्रका बुँदा :
१. सन् १९५३ युद्धविरामपछि रोकिएको युद्ध यही वर्ष अन्त्यमा भएको घोषणा गर्न सहमत भएका छन् ।
२. दुबै कोरियाले आणविक निशस्त्रीकरणलाई संयुक्त लक्ष्य बनाएर कोरियाली प्रायद्वीपलाई आणविक अस्त्र मुक्त पार्न सहकार्य गर्नेछन् ।
३. यही वर्षको हिउँदमा दक्षिण कोरियाली राष्ट्रपति मुनले उत्तर कोरियाको भ्रमण गर्नेछन् । त्यसको व्यवस्था मिलाइनेछ ।
४.  जमिन, समुद्र र आकाशमा भइरहेका द्वेषपूर्ण कार्यहरू बन्द गर्न पनि दुई कोरिया सहमत भएका छन् ।
५. मे १ देखि दुबै कोरियाले सीमा क्षेत्रमा प्रचारबाजी बन्द गर्नेछन् ।
६. उत्तर कोरियाको गाइसियोङमा संयुक्त सम्पर्क कार्यालय स्थापना गर्नेछन् ।
७. आउने अगस्ट १५ मा दुबै कोरियाले १९५० देखि १९५३ सम्म चलेको युद्धका कारण बिछोडिएका परिवारको पुनर्मिलन आयोजना गर्ने ।
८. पूर्वी तटमा अन्तर कोरियाली रेल सञ्जाल पुनः सञ्चालन गर्न दुबै कोरिया सहमत भएका छन् ।
९.  सन् २०१८ को एसियन गेम्समा दुबै कोरिया संयुक्त रूपमा सहभागी हुनेछन् ।

‘पीस हाउस’ को आगन्तुक पुस्तिकामामा लेख्दै उत्तर कोरियाली नेता किम जोङ । तस्विर : राेयटर्स

kim 1

दुई कोरिया विभाजित भएयता किम दक्षिण कोरिया पुग्ने पहिलो उत्तर कोरियाली नेता हुन् । किमलाई स्वागत गर्दै दक्षिण कोरियाली नेता तथा उच्च अधिकारीहरु । तस्विर : रोयटर्स  

 

korea

4B98307900000578 5662577 image a 122 1524792124794

4B97FFC800000578 5662577 image m 96 1524790046200

4B9823C700000578 5662577 image a 110 1524791604711

के हो उत्तर कोरियाली संकट ?

उत्तर कोरियाली गतिरोध एउटा त्यस्तो संकट हो जसको चरम खराब अवस्थामा पारमाणविक युद्ध निम्तिन सक्छ । अमेरिकासँग प्रत्यक्ष कुराकानीको आकस्मिक सम्भावनाले शान्तिको आशा रहेको देखाएको छ । तर, यो एकदमै जटिल छ ।4B980FBC00000578 5662577 The North Korean dictator was greeted by Moon at 9 30am local ti m 129 1524792544383

उत्तर कोरिया किन पारमाणविक हतियार चाहन्छ ?

कोरियाली प्रायद्वीप दोस्रो विश्वयुद्धपछि विभाजित भएको थियो र कम्युनिष्ट उत्तर कोरिया स्टालिनको निरंकुश शैलीको राजनीतिक प्रणालीतर्फ लम्कियो । विश्व मानचित्रमा एक्लिँदै गएको उत्तर कोरिया भन्छ, उसमाथि अन्य मुलुकबाट हुनसक्ने आक्रमणलाई पारमाणविक हतियारले मात्र निरुत्साहित गर्छ ।

उत्तर कोरियाबारे जान्नुपर्ने ९ कुरा

के उत्तर कोरियाले पारमाणविक आक्रमण गर्न सक्ला ?
सम्भवत सक्ला तर, नगर्ला ।
उत्तर कोरियाले छ वटा पारमाणविक परीक्षण गरिसकेको छ ।
उसका अनुसार एउटा हाइड्रोजन बम थियो ।101063235 101062700 c03cbd9b 7a62 4259 9e53 4cdc6dc877ed

पारमाणविक र क्षेप्यास्त्र परीक्षण ‘स्थगित’

उसले एउटा पारमाणविक बम निर्माण गरेको दाबी गरेको छ तर, त्यो प्रमाणित हुन सकेको छैन । उसको दाबी अनुसार, उक्त बम लामो दूरीमा मार हान्न सक्ने क्षेप्यास्त्रले बोक्ने मिल्ने सानो आकारको छ ।
उससँग त्यस्तो बलिस्टिक क्षेप्यास्त्र पनि छ जुन प्योङयाङको प्रमुख विरोधी अमेरिकासम्म पुग्ने विशेषज्ञहरूको विश्वास छ । प्रत्युत्तरमा संयुक्त राष्ट्रसंघ, अमेरिका र युरोपेली संघले कडा आर्थिक प्रतिबन्ध लगाउँदै आएका छन् ।

किमलाई किन हटाउन सकिंदैन ?

उत्तर कोरियासँग दक्षिण कोरिया र जापान लक्षित क्षेप्यास्त्रहरु छन् । प्योङयाङले आक्रमण नगरोस् भनेर रोक्नलाई पहिले नै आक्रमण गरिएमा त्यसले एउटा विनाशकारी प्रतिरोध निम्त्याउन सक्छ । त्यसले अनगिन्ती उत्तर कोरियाली जनताको ज्यान जान पनि सक्छ ।101064270 b1de20a9 2439 4c3a ad7b 6a3871c33a08

एसिया महादेशको ठूलो शक्तिका रुपमा चीन उत्तर कोरियाको सत्ता पतनबारे चिन्तित छ । यस्तै एकीकृत कोरियाले हाल दक्षिण कोरियामा रहेको अमेरिकी फौज थप उसको सीमा नजिक ल्याउने चीनको चिन्ता पाइन्छ ।
एउटा अभूतपूर्व परिवर्तन

यसअघि निशस्त्रीकरणको बदलामा सहायता दिनेसम्बन्धी सम्झौताका प्रयासहरू सफल हुन सकेनन् । तर, गत जनवरी महिनामा उत्तर कोरियाले सिधै सोलसँग कुराकानी ग¥यो र दक्षिण कोरियामा सम्पन्न हिउँदे ओलिम्पिक्समा सहभागिता जनायो । त्यसलगत्तै प्योङयाङले अमेरिकासँग वार्ता प्रस्ताव ग¥यो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले त्यो स्वीकार गरे । उत्तर कोरियाले आफू पारमाणविक निशस्त्रीकरणमा प्रतिवद्ध रहेको बतायो । किम र ट्रम्पबीचको वार्ता अभूतपूर्व हुनेछ तर, त्यसको विस्तृत विवरण, छलफलका विषय यकिन हुन बाँकी नै छ ।

दक्षिण कोरियाली राष्ट्रपतिलाई किमको नुडल्स ‘उपहार’

उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन मुन जे–इनको भेटवार्ता आफैंमा ऐतिहासिक रहृयो । पहिलो पटक उत्तर कोरियाली नेताले दक्षिण कोरियाको असैन्य भूमिमा पाइला टेके । तर, यो भेटवार्ता यतिमा मात्र सीमित छैन । केही रोचक कुराहरु पनि भएका छन् । किमले राष्ट्रपति मुनलाई प्योङयाङ शहरको प्रसिद्ध नुडल्स उपहार ल्याएका छन् । गहुँ र फापरको पिठोबाट बनाइएको यसलाई बनाउने धरै तरिका हुन्छन् । तर, गर्मी महिनामा चिसो सुपसँग खाइन्छ । यो संसारभरका कोरियनमाझ लोकप्रिय छ ।

OoBc syd

‘डिनरमा के खाने भन्ने तातो बहस भएको मैले हेरें,’ किमले भनेका छन्, ‘त्यसैले मैले प्योङयाङको कोल्ड नुडल्स पनि ल्याएको छु । राष्ट्रपति र तपाईंहरुले प्योङयाङ नुडल्सको स्वाद लिन सक्नु हुनेछ ।’
समाचारहरुमा जनाइएअनुसार प्योङयाङबाट प्याकिङ ‘कोल्ड नुडल्स’ ल्याउन पनि सकिन्थ्यो । तर, किमले राष्ट्रपति मुनलाई ताजा नै खुवाउने योजना बनाएर कुक र नुडल्स बनाउने मेशिन नै आफ्नो साथमा ल्याएका छन् ।
उत्तर कोरियाली सर्वोच्च नेता किमले आफ्नो साथमा ट्वाइलेट पनि ल्याएका छन् । सार्वजनिक शौचालय प्रयोग गर्नुपर्ने डरले उनले आफ्नो साथमा ट्वाइलेट ल्याएका हुन् ।

किमलाई केक नदिनु : जापान
उत्तर कोरियाका नेता किम र दक्षिण कोरियाका राष्ट्रपति मुनको डिनरमा मेन्यू पनि सार्वजनिक भएको छ ।
यो मेन्यूमा ‘मुस’ केक पनि छ । जसमा कोरियाली प्रायद्वीपको नक्सा पनि बनाइएको छ । त्यो नक्सामा कोरिया वरपरका टापुहरु पनि देखाइएको छ । तर, जापानले नक्सामा आफ्नो दाबी रहेको टापुहरु पनि रहेको भन्दै केक नखान आग्रह गरेको छ ।

ph

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७