बैसाख २२ मा पार्टी एकता, यसरी जुट्यो मिति


१४ बैशाख २०७५, शुक्रबार
bam gathabandhan

काठमाडौं, १४ बैसाख : विभिन्न कारण पार्टी एकता पछाडि धकेलिरहँदा नैराश्यता पैदा भइरहेका बेला नेकपा एमाले र माओवादी केन्द्रबीच अब वैशाख २२ गते पार्टी एकता हुने भएको छ ।bam gathabandhan

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मार्क्स जयन्तीमा पार्टी एकता गर्ने सहमति भएको स्रोतले जनाएको छ ।

गत बैशाख ९ गते भएको संयुक्त सभामा ओली र प्रचण्ड दुबैले अघोषित मितिमा पार्टी एकता हुने बताएका थिए । सोही बमोजिम दुई अध्यक्षहरु यतिबेला पार्टी एकताका लागि छलफलमा जुटेका हुन् । कुनै अवरोध सिर्जना नभए मार्क्स जयन्तीकै दिन पार्टी एकता हुने एमाले स्रोतले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७