देवदह आदर्श बहुमुखीमा अनेरास्ववियुको प्यानल नै विजयी


६ चैत्र २०७९, सोमबार
devdaha 1

रुपन्देही । रुपन्देहीको देवदह आदर्श बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ ।

अध्यक्षमा अर्जुन गैरे २९१ मत ल्याएर विजयी भएका छन् । उनको नेतृत्वमा अखिलको प्यानल नै विजयी भएको हो । नेपाल विद्यार्थी संघ र एकीकृत समाजवादी निकट अनेरास्ववियूको गठबन्धनबाट नेविसंघका माधव भट्टराईले १७६ र अखिल क्रान्तिकारीका धनीकुमारी पन्थीले ५५ मत पाएकी छन् ।

सचिवमा अनेरास्ववियुका गौरव ज्ञवालीले २७८ मत पाएर विजयी हुँदा नेविसंघकी सविता अधिकारीले १३७ र अखिल क्रान्तिकारकिा रविन न्यौपानेले ८२ मत पाएका छन् ।

यस्तै कोषाध्यक्षमा अनेरास्ववियुका शोभराज जैसी २५९ मत पाएर विजयी हुँदा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका शिशिर भट्टराईले ११९ मत र अखिल क्रान्तिकारीका दिपेश सापकोटाले ७९ मत पाएका छन् ।
सदस्यहरुमा अनेरास्ववियुकै रविन परियार, अमृता पाठक, भुवन थापा, लेखिका मल्ल, सरोज गिरी विजयी भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७