रङ्गशालाबाट धुर्मुसको बिलौना : सरकारले सहयोग गरेन, कतै भागेको छैन (भिडियो)

‘रङ्गशालाका दुबो मरे होलान् तर आशा मरेको छैन’


७ चैत्र २०७९, मंगलवार
dhurumus

काठमाडौँ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण कार्यबाट बाहिरिएपछि गुमनाम बनेका कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले अलपत्र परेको चितवनस्थित निर्माणाधीन रङ्गशालामा पुगेर बिलौना पोखेका छन् । उनले आफूले २ वर्षदेखि मानसिक यातना भोगिरहेको बताएका छन् । ‘धुर्मुस–सुन्तली फाण्डेसन’को फेसबुक पेजमा एक भिडिओ शेयर गर्दै सीतारामले मानसिक यातना भोगिरहेको उल्लेख गरेका हुन् ।

उनले आफूमाथि करोडौं भ्रष्टाचारको आरोप लागिरहेको भन्दै हिसाब देखाउन तयार रहेको बताएका छन् । करोडौं ‘भ्रष्टाचार गरे गाडी जोडे, स्वीमिङ पुलसहितको घर जोडे भनेर आरोप लगाइयो । हो, घर छ स्वीमिङ पुलसहितको । रात–दिन रोएको आँशुको भेलले बनेको स्वीमिङ पुल छ । घर, गाडी हामीले २०६७ सालमै जोडिसकेका थियौँ,’ धुर्मुसले भिडियो सार्वजनिक गर्दै भनेका छन् ।

उनले केन्द्र सरकार, स्थानीय सरकारबाट सहयोग नपाएको समेत गुनासो गरेका छन् । करिब १२ करोड मात्रै स्थानीय सरकारहरुबाट सहयोग आएको र अरू सबै स्वदेशमा विदेशमा रहेका दाताहरुको सहयोगमा निर्माण गरिएको उनले स्पष्ट पारेका छन् ।

आज पनि रङ्गशाला बन्नुपर्छ भनेर आफू हिँडिरहेको उनले उल्लेख गरेका छन् । उनले हेर्न चाहनेलाई हिसाब देखाउन सक्ने र गलत भए मर्न पनि तयार रहेको बताएका छन् । ‘सहयोग बराबरको संरचना बनेको तपाईको आँखाले देखेन भने मलाई मारिदिनुस्, गाडिदिनु्स् । म हाँसी हाँसी मर्न तयार छु’, धुर्मुसले भनेका छन् ।

धुर्मुसले पत्नी कुञ्जना घिमिरेले यो परियोजना गर्न सकिंदैन भनेर पहिलै सम्झाएको स्मरण गर्दै धुर्मुसले आफ्नै कारणले रङ्गशाला निर्माण सुरु गरिएको खुलासा पनि गरेका छन् । उनले आफ्ना परिवारमाथि आरोप लगाउने गालीगलौज गर्ने नगर्न आग्रह गर्दै परिवारको कुनै गल्ती नरहेको बताएका छन् ।

‘जति गाली गर्नुछ मलाई गर्नुस् । मेरो परिवार अभियान्तालाई गाली नगर्नुस् । मेरो परिवार आत्मदाह गर्ने अवस्थामा पुगेको छ । देशको लागि काम गर्दाको सजाय यति कठोर हुन्छ भन्ने कल्पना गरेको सोचेको थिइँन,’ उनले भनेका छन् । उनले १८ करोड उधारो तिरेर निर्माणको काम अगाडि बढाउने हो भने दुई दिन महिनाभित्र म्याच सुरु गर्न सकिने बताएका छन् । रंगशाला निर्माणमा नेपाल सरकारले असहयोग गरेको धुर्मुले बताएका छन् । उनले अपुग रकम नेपाल सरकारले उपलब्ध गराउने प्रतिवद्धता पनि पुरा नगरेको गुनासो गर्दै भनेका छन्, ‘कतै भागेको छैन, बन्ने आशमा कुरेर बसेको छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७