शेयर बजारमा भित्री कारोबार गरेको आरोपमा व्यवसायी गुरुप्रसाद न्यौपानेविरुद्ध मुद्दा


९ चैत्र २०७९, बिहीबार
70 Shares
Guru Prasad Neupane

काठमाडौँ । शेयर बजारमा भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरेको आरोपमा रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष गुरुप्रसाद न्यौपानेविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।

भित्री कारोबार गरेको कसुरमा नेपाल धितोपत्र बोर्डले न्यौपानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । न्यौपानेले पदमा बहाल रहेको अवस्थामा शेयर खरिद-बिक्री गरेको विषयमा अनुसन्धान गर्दा भित्री कारोबार भएको पुष्टि भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

बोर्डले न्यौपानेविरुद्ध तीन करोड २३ लाख रुपैयाँ बिगो र एक वर्षसम्म कैद सजायको माग दाबी गरेको छ । बोर्डले उनलाई यसअघि नै कारबाही गरिसकेको छ । न्यौपाने र नेपाल हाइड्रो डेभलपर्स कम्पनीका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले अवैध रुपमा शेयर कारोबार गरेको ठहर गर्दै नेपाल धितोपत्र बोर्डले २४ मंसिरमा दुवै जनालाई कारबाही गर्ने निर्णय गरेको थियो ।

दुवै जनालाई भित्री कारोबार गरेको आशंकामा धितोपत्रसम्बन्धी ऐन अनुसार तहकीकात अधिकृत नियुक्त गरी छानबिन अगाडि बढाएको थियो । छानबिन समितिको प्रतिवेदनका आधारमा न्यौपानेलाई मुद्दा अगाडि बढाउन सकिने देखिएपछि उनीमाथि मुद्दा दायर गरिएको धितोपत्र बोर्ड स्रोतले जनाएको छ ।

jagdamba.cement
rbbbb

कम्पनीको अध्यक्षमा बहाल रहँदा १९ चैत २०७७ देखि २४ साउन २०७८ सम्म कम्पनीको शेयर खरिद बिक्री गरेको विषयमा उनीमाथि छानबिन गर्दा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९१ बमोजिमको भित्री कारोबार गरेको देखिएको बोर्डको ठम्याइ छ । उक्त छानबिनको आधारमा धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (१) बमोजिमको सजायको माग दाबी गर्दै जिल्ला अदालत काठमाडौंमा न्यौपानेविरुद्ध मुद्दा दायर गरिएको बोर्डले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७