साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र रुस खेल्दै


१२ चैत्र २०७९, आईतवार
under 17 nepal k6TsfQLWgy

काठमाडौँ । साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा आज (आइतबार) नेपाल र रुस खेल्दैछन् । खेल बङ्लादेशको ढाकामा रहेको बीएसएसएस मोस्ताफा कमल मैदानमा बेलुका ७ बजेदेखि सुरु हुनेछ ।

नेपाल २ खेलमा ३ अङ्कका साथ तालिकाको चौथो स्थानमा छ । नेपाल पहिलो खेलमा भारतसँग ४–१ गोल गोलले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई ५–० गोलले हराएको थियो । रुसले पहिलो खेलमा बङ्लादेश र दोस्रो खेलमा भुटानलाई हराएको थियो ।

प्रतियोगितामा आयोजक बङ्लादेशसहित नेपाल, भारत, भुटान र रुस सहभागी छन् । नेपालले अर्को खेल मङ्गलवार आयोजक बङ्लादेशसँग खेल्ने छ । राउण्ड रोबिनको आधारमा भइरहेको प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७