बैतडीका तत्कालीन जिशिअ भट्टसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


१२ चैत्र २०७९, आईतवार
287 Shares
Akhtiyar

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारी (जिशिअ) सहित ६ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरेको भन्दै विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टसहित ६ जना उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार भन्दै मुद्दा दर्ता गरेको हो । भट्टले नियुक्तिपत्र नै नभएको गैरशिक्षक व्यक्ति मनकाकुमारी अवस्थीलाई हुनैनाथ आधारभूत विद्यालय सल्सेनाको व्यवस्थापन समितिबाट नियुक्ति भएको भनी विना कुनै कागजात नियुक्तिको अभिलेखीकरण गर्न प्राविधिक सहायकलाई टिप्पणी उठाउन लगाई आफै स्वीकृत गरी उक्त विद्यालयबाट बलैराज निम्न माध्यमिक विद्यालय सुनखोलामा सरुवा गरी तलबलगायतका सुविधाहरु निकासा दिई जिल्ला शिक्षा अधिकारीको पद तथा ओहदाको दुरुपयोग गरी सार्वजनिक सम्पत्तिको बदनियतपूर्वक ७४ हजार ९२० हानी नोक्सानी गराएको आरोप पत्रमा उल्लेख गरिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

भट्टसहित ६ जनाको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको हुँदा सोही दफामा उल्लेख भए बमोजिम ऐ.ऐ. ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम विगो रु.७४ हजार ९२० कायम गरी कैद र विगो बमोजिमको जरिवाना असुल उपर हुने मागदाबी लिइएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७